धनगढीः कैलालीकी एक किशोरी लागूऔषधसहित कञ्चनपुरमा पक्राउ परेकी छिन्। कैलालीको कैलारी गाउँपालिका-१ बस्ने १८ वर्षीया किशोरीलाई सोमवार साँझ प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट पक्राउ गरेको हो।
उनलाई १ ग्राम २४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
Facebook Comments Box