काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरु दुवैजना एमालेका उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिएका छन्।
Facebook Comments Box