धनगढी: सुदूरपश्चिममा कार्यरत ७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार डीएसपीहरुको सरुवा भएको हो।
देशैभर १४१ जना डीएसपीको सरुवा भएकोमा सुदूरपश्चिमका ७ जनाको सरुवा भएको छ। जसमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी कुलदिप चन्द, कञ्चनपुरमा कार्यरत प्रकाश डाँगी, इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा कार्यरत गणेशबहादुर बराल, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कबिन्द्र बोहरा, ईलाका प्रहरी कार्यालय सुक्खड कैलालीमा कार्यरत वीरेन्द्र वीर विश्वकर्मा, सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल डोटीमा कार्यरत सागर बोहरा र जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत निशान्त श्रीवास्तव रहेका छन्।
उनीहरूमध्ये डीएसपी कुलदिप चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा पठाइएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरालाई पठाइएको छ। यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डीएसपी गणेश बहादुर बराललाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा पठाइएकोमा उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यररत गंगा बहादर थापा आउने भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा धनगढी, कैलालीमा दरबन्दी भई (ईलाका प्रहरी कार्यालय सुक्खड कैलाली) मा कार्यरत बीरेन्द्र बीर बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेत पठाइएकोमा उनको स्थानमा भने तत्काल कसैलाई पठाइएको छैन।
यस्तै जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत डीएसपी निशान्त श्रीवास्तवलाई केन्द्रीय अनुसन्धान व्यूरो पिलर ७ अनुसन्धान तथा कारवाही शाखा महाराजगंज, काठमाण्डौ पठाइएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट दिपक बहादुर केसीलाई पठाइएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाजुरामा भने जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट दिलिप कुमार गिरीलाई पठाइएको छ। त्यहाँका डीएसपी कबिन्द्र सिंह बोहरालाई कैलाली पठाइएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा भने प्रहरी वृत सातदोबाटो, ललितपुरमा कार्यरत डीएसपी उमेश जोशीलाई पठाइएको छ। त्यस्तै तालीम केन्द्र डोटीका सागर बोहरालाई भने इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा पठाइएको छ।