बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा भएको घटनाप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुद्धारा सयुक्तरुपमा विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
वडा नं ७ का ६२ वर्षीय किसन सिंह धामीले बिहिबार बिहान ९ बजे कोदालो प्रहार गरी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका थिए, भने, दशरथचन्द नगरपालिका–९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका थिए ।
घाइतेद्वय कलौनी र भट्टको घरमा डेरागरी बस्दै आएका थिए ।
गाउँपालिकाले विज्ञप्ती जारी गर्दै उक्त घटना निकै निन्दनीय र अक्षम्य रहेको बताएको छ । घटनाको सत्यतथ्य छानबिनको माग गरी दोषीमाथि हदैसम्मको कारवाहीको माग समेत गरिएको छ ।
घाइत दुवैको नेपाली सेनताको हेलिकप्टरबाट उद्धारगरी उपचारका लागि कोहलपुर लगिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।