धनगढी । कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ ।
कृष्णपुर नगरपालिका(१ मोतिपुरमा शिकारीले थापोको पासोमा एक चितुवा परेको हो । दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले शिकारजन्य गतिविधीमा संलग्न गिरोहले बन्यजन्तु मार्नका लागि बिच्छ्याएको जालोमा चितुवा परेको बताए ।
‘चितुवा परेको खबर हामीलाई हिजै राती आएको थियो,’ उनले भने, ‘उद्दारका लागि राती सम्भव भएन, प्राविधिक टोली लगेर उद्दार गछौँ ।’
अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा सामान्य चोट लागेको बताउँदै उनले भने ‘शुरुमा हामी उद्दार गर्दै उपचार गछौँ, त्यसपछि निकुञ्ज वा कहाँ कुन वनमा लगेर छाड्ने विषयमा अवस्था अनुसार अघि बढ्छौँ ।’
Facebook Comments Box