महेन्द्रनगर : नेपाल र भारतको सीमानाका रहेको टनकपुरस्थित नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। आज (शुक्रबार) टनकपुर शारदाघाट नजिकै नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो।
भारतीय प्रहरीका अनुसार मृत्यु हुनेमा आमाछोरी समेत रहेका २८ वर्षीया कन्चन र उनकी छोरी ४ वर्षीया दिव्यान्सी रहेका छन्।
उनीहरू भारतीय नागरिक हुन्। अहिले उनीहरूको शव प्रहरीले सनाखत गरिसकेको र थप अनुसन्धान भैरहेको बताइएको छ।
Facebook Comments Box