धनगढी : बझाङको सदरमुकाम चैनपुरमा गएराति एक पसलमा आगलागी भएको छ ।
जयपृथ्वी नगरपालिका ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुरमा रहेको घरमा आलगाली भएको हो ।
घरको भुँईतलामा रहेको सिलाई सेन्टरमा अचानक बिद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ ।
आगलागि बाट पसल र घर भित्र रहेका सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरक्षक आनसिंह धामीको कमाण्डमा ६० जनाको प्रहरी टोली र जयपृथ्वी नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
Facebook Comments Box