बैतडी, बैतडीमा टिप्पर दुर्घटना भएको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा दशरथचन्द राजमार्गमा पर्ने जिल्लाको पाटन नगरपालिका–८ अनारखोलीमा टिप्पर दुर्घटना भएको हो ।
पाटन नगरपालिका वडा नं १ १० र ८ को सिमाना क्षेत्रमा पर्ने विप्याकटालबाट डडेल्धुरातर्फ जादै गरेको सु.प.प्र.०१००१ क २०१३ नम्बरको टिप्पर पाटन नगरपालिका–८को अनारखोलीमा दुर्घटना भएको हो ।
टिप्परमा चालक दार्चुलाको लेकम गाउँपालिका–१ शर्मालीका अमर बहादुर साउँदमात्रै सवार रहेको र उनले हाम फालेर ज्यान जोगएका हुन् । टिप्पर सडकबाट करिब १५ मिटर तल खसेको छ ।
सडक पिच प्रयोग गर्ने ढुंगा र गिट्टीको बेस बोकेको टिप्परले उकालोमा ब्रेक नालगेपछि दुर्घटना भएको बुझिएको छ ।
Facebook Comments Box