धनगढी : बझाङमा मलामी गएका एक जनाको सेती नदिमा बगेर मृत्यु भएको छ।
शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदिको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षिय धनजित आग्रीको मृत्यु भएको हो।
शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनी अन्दाजी १ किलोमीटर तल बगएर नदिको किनारमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
Facebook Comments Box