काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउलाई गैरकानूनी भन्दै गिरफ्तारीविरुद्ध उच्च अदालत पुगेका छन् ।
अदालतको मार्च २२ को आदेशविरुद्ध दिल्ली उच्च अदालत पुगेका हुन । अदालतले केजरीवाललाई मार्च २८ सम्म ईडी थुनामा राख्न आदेश दिएको थियो ।
उनको कानूनी टोलीले दिल्ली उच्च अदालतमा गिरफ्तारी र रिहाइको लागि निवेदन दायर गरिएको बताएको छ। यो अवैध भएको भन्दे उनलाई तत्काल हिरासतबाट रिहा गरिनुपर्ने माग गरेको छ ।
ईडीले केजरीवाललाई अदालतमा पेस गरी दश दिनको रिमाण्ड मागेको थियो, तर अदालतले ६ दिनको म्याद दिएको छ ।
अब उनलाई मार्च २८ गते दिउँसो २ बजे अदालतमा पेश गरिने छ ।
Facebook Comments Box