धनगढी : माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । तीन जनाको भने सकुसल उद्दार गरिएको छ ।
शिखर नगरपालिका ९ मा माटाको ढिस्कोले च्यापियर स्थानीय निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएको शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले बताए ।
घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव निकालिसकिएको शिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए ।
सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको थियो ।
Facebook Comments Box