काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन् ।
शनिबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औंवार्षिकोत्सवको अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो ।
आईजी एपीएफ केमन्डेसन पाउनेहरुमा सशस्त्र प्रहरी उपरीक्षकद्वय ध्रुवबहादुर कार्की, उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापा रहेका छन् ।
एसपी कार्की कपिलवस्तुमा रहँदा आफ्नो गणलाई देशैभरीबाट उत्कृष्ट बनाउन सफल भएका थिए । एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने डीएसपी थापा हाल नं. २० बाघभैरव गुल्मको गुल्मपतीको रुपमा कार्यरत छन् ।
Facebook Comments Box