धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मारेको छ। आज (आइतबार) जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो।
स्रोतका अनुसार स्पाहरुमा अनैतिक गतिविधि बढेको भन्दै प्रहरीले छापा मारेको हो। महेन्द्रनगरका डायमण्ड, ग्ल्यामरका २ शाखा र कोहीनुर स्पामा प्रहरीले छापा मारेको कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए।
यस्तै कैलालीको धनगढीमा पनि स्पाहरु बढ्दै गएको र अनैतिक गतिविधि बढिरहेको बताइएको छ। कैलाली प्रहरीका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले स्पाहरुमा निगरानी बढाएको बताए। सूचनाका आधारमा प्रहरीले छापासमेत हान्नसक्ने उनको भनाई छ।
Facebook Comments Box