धनगढी : बझाङको बित्थडचिर गाउँपालिका–९ बाग्थलास्थित तल्लो पुल दौका खोला नजिक रहेको एक होटेल तथा पसलमा आगलागी भएको छ।
बित्थडचिर गाउँपालिका–९ का भानबहादुर विष्टले सञ्चालन गर्दै आएको होटल तथा किराना पसलमा आइतबार करिब ८४५ बजेतिर आगलागी भएको हो ।
आगलागीको मुख्य कारण नखुले पनि विद्युत तार सर्ट भइ आगलागि भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।
होटल सञ्चालनक विष्ट घर गएका बेला एक्कीसी सल्किएको आगोले होटेल तथा पसल पूर्णरुपमा नष्ट गर्नुका साथै होटेलभित्र राखेको एक मोटरसाइकलमा पनि क्षति पुगेको छ ।
मोटरसाइकल बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश बहादुर विष्टको रहेको खुल्न आएको छ । आज होलीको बिदा भएकाले होटेल बन्द रहेको र आगो १० बजे स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा आएको बताइएको छ
Facebook Comments Box