काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार विहान दर्ज्यानी चिन्ह लगाउन भएका छन् ।
नवनियुक्त दुबै आईजीपीले सिंहदरबास्थित गृह मन्त्रालयमा भोलि विहान ८ः४५ बजे गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी राजु अर्याललाई नियुक्त गरेको थियो ।
गृहमन्त्री खाणले ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र आईजीपी पुष्पराम केसीलाई आइतबार नै मन्त्रालयमा बिदाइ गरिसकेका छन् ।
Facebook Comments Box