बैतडी: बैतडीको मेलौली नगरपालिकाका बिरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरिएको छ । १५ शैयाको अस्पताल निर्माणको विषयमा पालिकाका बिरुद्ध मुद्धा दयार गरिएको हो ।
वडा नं १ को बिठ्ठेनाका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपूर अस्पतालका बिरुद्ध मुद्धा दायर गरेका हुन् । मेलौली नगरपालिकाले अस्पताल बनाउन नचाहेको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको जस्तो आयस देखिएको उल्लेख गर्दै मुद्धा दयार गरिएको छ । यसअघि पनि बिठ्ठेनामा अस्पताल बनाउन भन्दै मन्त्रालयले पत्र पठाएको भएपनि कुनै सुनुवाई नभएको हुनाले अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
अदालतले नगरपालिका र केशरपुर अस्पतालका बिरुद्ध १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ । फागुन २३ गतेनै अदालतले १५ दिनभित्र जवाफ दिन भनेको थियो । तर नगरपालिकाले १५ दिन हदम्याद थप गरेर जवाफ दिने तयारी गरेको छ ।
नगरपालिकाले यसका लागि जवाफ दिनको लागि कार्यपालिकामा छलफल गरी निर्णयमा पुग्ने अस्पताल निर्माणको लागि समन्वय गर्न गठित समन्वय समितिका संयोजक एवं वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टले बताए ।
‘हामिले छलफलको प्रयास गरिरहेका थियौँ, अब मुद्धा नै परेपछि सम्मानित अदालतको निर्णय कुर्नै पर्ने देखिएको छ, जवाफ दिनको लागि कार्यपालिकामा छलफल गर्ने छौँ,’ सामाजिक विकास समिति संयोजक समेत रहेका अध्यक्ष भट्टले भने ।
नगर प्रमुख भिम बहादुर चन्दले अदालतमा नगरपालिकाको तर्फबाट जवाफ दिने तयारीमा रहेको बताए । ‘अस्पताल बन्नुपर्छ भनेर मुद्धा दायर गरिएको छ, टेण्डर खोल्न मन्त्रालयल परिपत्र गरेको भएपनि नगरपालिकाले नखोलेको भनेर मुद्धामा उल्लेख गरिएको रहेछ, त्यसका लागि हामि जवाफ दिन्छौँ ।’ नगर प्रमुख चन्दले भने । आफ्नै ठाउँमा अस्पताल बन्नुपर्छ भन्ने उनिहरुको भनाइ रहेको र यसअघि डिपिआरमै त्रुटी देखिएको हुनाले सोही अनुसारको जवाफ दिने तयारी रहेको नगर प्रमुख चन्दले बताए ।
यसका लागि मंगलबार कार्यपालिका बैठक बोलाएको नगरपालिकाले जनाएको छ ।
२०७० सालमा नै केशरपुर स्वास्थ्य केन्द्रलई स्तरवृद्धिगरी १५ सैयाको अस्पताल निर्माण गर्नभन्दै संघीय सरकारबाट बजेट आएको भएपनि जग्गा विवादले हालसम्म अघि बढ्न सकेको छैन । वडा नं १ का स्थानीयहरुले पहिले जग्गा उपलब्ध गराएका थिए ।
त्यसपछि वडा नं ७ अर्थात हालकै केशरपुर अस्पताल आसपास त्यहाका स्थानीयहरुले पनि जग्गा उपलब्ध गराएका थिए ।
यसपछि दुवै ठाउँका स्थानीयहरुले आ–आफ्नै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राख्ने गरेका कारणले हालसम्म पनि अस्पताल बन्न सकेको छैन ।
यसअघिको कार्यकालका जनप्रतिनिधिहरुले बिठ्ठेनामा अस्पताल बनाउनको लागि भन्दै पूर्ण कार्यपालिका बैठकले निर्णय गरेको थियो । त्यसपछि बिठ्ठेनामा डिसपिआर समेत गरियो । सोही निर्णय र डिपिआरलाई आधार मानेर मन्त्रालयले समेत गत वर्ष टेण्डर खोल्नभन्दै परिपत्र गरेको थियो ।
तर नगरपालिकाले टेण्डर खोलेको थिएन । डिपिपिआर लगायत यसअघि भएका कार्यपालिकाका निर्णयमा समेत त्रुटी रहेको भन्दै हालको कार्यपालिकाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्न सकेन ।
छलफल र सहमतीबाट अस्पताल बनाउन चाहेको नगरपालिकाको भनाइ छ ।
Facebook Comments Box