धनगढी : बझाङमा प्रहरी सहायक हवल्दारमाथि आक्रमण भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका २ का विनोद रावल र जयपृथ्वी नगरपालिका ७ का दिनेश महराले प्रहरी सहायक हवल्दार योगेन्द्र खड्कालाई आक्रमण गरेका हुन्।
उनीहरुले शनिबार मध्यराति केदारस्युँ गाउँपालिका ९ झोताको एक पसलमा मदिरा सेवनगरी होहल्ला र झगडा गरिरहेका थिए । होहल्ला र झगडा गरिरहेको गुसानो आएपछि घटनास्थल पुगेका प्रहरीलाई विनोदले आक्रमण गरेका हुन।
उनले सहायक हवल्दार खड्काको टाउकोमा ढुङ्गाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक चौधरीले जानकारी दिए । घाइते प्रहरी हवल्दारको झोतामा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
यस्तै आक्रमण गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box