धनगढी: कैलालीमा प्रहरीका इन्चार्जसहित केही चौकीका कर्मचारी फेरबदल गरिएका छन्। स्रोतका अनुसार हालै कैलालीको टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कठायतसहितका प्रहरी कर्मचारी तानिएका हुन्।
कठायतलाई कालाकुण्डाबाट ३ महिना पनि नबित्दै तानिएको हो। उनलाई तान्नुको कारण नखुलाएपनी कैफियत देखिएको भन्दै तानिएको स्रोतको दाबी छ। अहिले उनको स्थानमा अर्का वरिष्ठ सई गोकुल बलायरलाई पठाइएको छ।
यस्तै उता टीकापुरमा घुमुवा बसेका असई तारा ठकुल्लालाई पनि प्रहरी चौकी अमरावती पठाइएको छ। यता लम्की ट्राफिकको इन्चार्ज रहेका सुरज खड्कालाई डोटी पठाइएको छ भने धनगढीको त्रिनगरबाट हवल्दार नरेन्द्र बडाल, वरिष्ठ हवल्दार महादेव धामी, हवल्दार लालबहादुर खड्का र सिपाही शम्सेर बिक पनि जिल्ला तानिएका छन्। त्यस्तै धनगढी बसपार्कको कमाण्ड भने सई दिपेन्द्र किमाडीलाई दिइएको छ।
उनीहरूको स्थानमा नयाँ टिम पठाइएको स्रोतले जनाएको छ। उनीहरूको कैफियत देखिएपछि तानिएको बुझिएको छ।