बैतडी,
बैतडीको सिगास गाउँपालिका–४का दुई जना बालक बेपत्ता भएका छन् । यही चैत्र १२ गतेदेखि नै घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र अन्ताजी ९ वर्षीय गणेश धामी बेपत्ता भएका हुन् ।
गत सोमबार बिहानै विद्यालयमा प्रयोगात्मक परीक्षा दिनभनी हिडेका र अहिलेसम्म सम्पर्कमा नआएको आफन्त योगेन्द्र सिंह धामीले जानकारी दिए ।
सोमबार घरबाट हिडेका उनिहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए । पसलमा बसेको विषयमा गाँजरी प्रहरी चौकीलाई जानकारी गराइएको थियो । त्यसपछि गाँजरी प्रहरी चौकीले आफन्तलाई जानकारी गराएर बालकहरुलाई लिएर आउन भनेको भएपनि भोलीपल्ट बुधबार बिहानै उक्त पसलबाटपनि भागेपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । गाँजरी प्रहरी चौकीले खोडपे प्रहरी चौकीलाई समेत जानकारी गराएको थियो ।
आज सम्मपनि बालकहरु फेला नपरेपछि हुलिया कटाएर सबै ठाउँमा जानकारी गराइएको गाँजरी प्रहरी चौकीका इन्चार्ज भोज बहादुर पालले जानरकारी दिए ।
प्रहरीका अनुसार बेपत्ता भएका हरिश र गणेशका बुवाको पहिले नै मृत्यु भइसकेको र आमाले समेत घर छोडेर गएपछि हजुरवुवासँगै बस्दै आएका थिए ।
Facebook Comments Box