काठमाडौं – नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह(फुली) लगाएका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् ।
मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।
आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।
आइतबार बसेको मन्त्रीपरिषद्को निर्णयसँगै सशस्त्र प्रहरी बलमा १२ औं आईजी नियुक्त भएका अर्यालले पनि दर्ज्यानी चिन्ह (फली) लगाएका छन् । उनी केही दिनअघि सशस्त्र प्रहरीको आईजीपीमा बढुवा भएका थिए ।