कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।
भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी एक लाख तीन हजार ७४५ मुल्य बराबरका चिटकनी, चरीको बिउ, गाडीको स्प्रे, काजु, लिज्जत पापड, किरानाका सामान र हार्डवेयरका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।
Facebook Comments Box