धनगढी : नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ ।
२७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय कमिटिलाई नै निरन्तरता दिएपनि पहिलो महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले बैठक बोलाएका हुन् ।
नाउपाको पार्टी कार्यालय काठमाडौँमा २३ र २४ गते बस्ने बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै उपस्थितीका लागि अनुरोध गरिएको छ ।
नाउपामा संरक्षक रेशम र अध्यक्ष रञ्जिताबीच विवाद चलिरहेका बेला महासचिव चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको बैठक बोलाएका हुन् । जबकी उक्त कार्य समितिलाई निर्वाचन आयोगले यसअघि नै अवैध ठहर गरिसकेको छ ।