कञ्चनपुरः कञ्चनपुरका ३ जना फरार दोषी २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको दोधारा चाँदनी नगारपालिका–३ जमुनाघारीका बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याल रहेका छन्।
मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट तीनै जनालाई पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरको मिति २०५९ माघ ८ गतेको फैसलाले जमिन सम्बन्धी मुद्दामा जनही १ हजार जरिवाना ठहर भएपछि तीनै जना फरार रहेका थिए।
फैसला कार्यान्वयनको लागि तीनै जनालाई प्रहरीले जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको छ।
Facebook Comments Box