धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ।
धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौरालाई बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी थिइन्। रेबिजविरुद्धको सुई लगाएपछि उनको मृत्यु भएको आफन्तले बताएका छन्।
आफन्त मनीषा चौधरीका अनुसार बिरालोले सिताको नङमा कोपरेपछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन्।
दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो।
अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन्।
तर अस्पतालले भने कुनै लापरबाही नभएको जनाएको छ।
Facebook Comments Box