काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।
सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।
धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए– यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।
‘हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन ? तपाईँले यस्तो भन्नुभएको हो कि होइन ?,’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘हामीले तीन दिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेका छौँ ।’
Facebook Comments Box