काठमाडौं : नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा गुल्मीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पन्न शिबिरमा २ बढी सेवाग्रहीले सेवा लिएका छन् ।
एक दिने निःशुल्क शिबिरमा प्रहरी कर्मचारी र आम नागरिकको सहभागिता रहेको थियो । शिबिरमा १०७ जना पुरुष, १०० जना महिला गरि २०७ जनाले सेवा लिएका थिए ।
जसमध्ये स्त्रीरोग गाइनोलोजिष्ट तर्फ महिला ५७ जनाले, नेत्र परिक्षण ९० जना, भिडियो एक्सरे १०४ जना, फिजिसियन १३१ जना, इसिजि ७५ जना र ल्यावमा ११९ जनाले शिविरमा नि।शुल्क स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए
निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, नाक, कान घाँटी, आँखा, हाडजोर्नी, जनरल फिजिसियन तथा दाँत, इसिजी, भिडियो एक्सरे, लगायत विशेषज्ञ डक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । नेपाल प्रहरी श्रीमती संघले सामाजिक उत्तरदायित्व स्वरुपम समाजमा रचनात्मक कार्य गर्दै आएको छ ।
शिबिरमा गुल्मी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले नेपाल प्रहरी श्रीमती संघले बिगतदेखि नै सामाजिक उत्तर दायित्व बहन गर्दै रचनात्मक कार्य गर्दै आएको बताए ।
शिबिरमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेर रचनात्मक कार्यको प्रशंसा गरे ।