धनगढी: नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समिति सचिवालयले डीआइजीद्वयलाई बढुवा सिफारिस गरेको हो। उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको जनाइएको छ।
बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।
यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो।
Facebook Comments Box