काठमाडौं: बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेका छन्।
सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार सवार ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो।
ठक्कर बाट घाईते भएका उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Facebook Comments Box