कैलाली– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा चुनावी गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओबादीले संयुक्त रुपमा २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छन् ।
सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भ्रष्टाचार नगर्ने संकल्पसहित गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । उक्त प्रतिवद्धता पत्रमा धनगढीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन लगायतका विभिन्न नीति तथा योजनाहरु उल्लेख छन् ।
धनगढीमागठबन्धन दलबाट मेयरमा नेपाली काँग्रेसको तर्फबाट नृप बहादुर वड उपमेयरमा माओवादीका तर्फबाट शान्ति कुमारी अधिकारी चुनावी मैदानमा छन् । वडामा भने गठबन्धन दलहरुबीच मित्रवत प्रतिस्पर्धा हुनेछ ।
२२ बुँदे प्रतिबद्धतापत्र :
Facebook Comments Box