धनगढी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सुदूरपश्चिमको धनगढी पुगेकी छन्। आज (शनिबार) रातको ९ बजेतिर श्रेष्ठ धनगढी पुगेकी हुन्।
उनी सुदूरपश्चिम विश्वविद्यालयले भोलि आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम आएको बताइएको छ।
यस्तै सुरक्षा स्रोतका अनुसार भोलि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि हवाइमार्ग मार्फत धनगढी हुँदै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा जाने कार्यक्रम छ।
भोलि कञ्चनपुरस्थित विश्वविद्यालयमा कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने जनाइएको छ।
Facebook Comments Box