धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेकाले पूरै कार्यकालसम्म अगाडि बढ्ने बताएका छन् ।
धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाहिर चलाइएका हल्लाप्रति कुनै विश्वास नगर्न आग्रह गरे।
उनले भने,‘सुदूर पश्चिम प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको छ । अब प्रदेश सरकार पनि बलियो भएर अघि बढ्ने छ ।’ प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविध्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थल पुगेका हुन ।
Facebook Comments Box