धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटाउने चेतवनी दिइकी छिन् । आईतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन ।
‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन । पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु’ रञ्जीताले भनिन ।
नागरिक उन्मुक्तिभीत्र विवाद भएपछि उसका ७ जना मध्ये ५ जना कमल बहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए ।
पत्रकारहरुले ५ जनालाई कारवाही हुन्छ त ? भनेको प्रश्नमा उनले थपिन, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो । राजनीतक दल सम्बन्धि कानून छ । दलको विधान छ । दलबिहीन भयो भने के हुन्छ भन्ने कुरा दफा/दफावार लेखेको छ । साथीहरुको त्यही चाहना हो भने मेरो भन्नु के छ र ।’
उनले मुख्यमन्त्री दीर्घ सोडारीको सपथ कार्यक्रमबाट बाहिरिएर गएकी प्रदेश सभा सदस्य टीका थापा भने सरकारमा आउने बताइन ।