काठमाडौं : नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईको पाँच ग्रेड रोक्का भएको छ ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा डीएसपी भट्टराईले आफ्नै महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप थियो ।
लगत्तै गृह मन्त्रालयले उनलाई निलम्बन गरी घटनाको छानविन गरेको थियो । छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह स्रोत बताउँछ ।
उनको निलम्बन पनि फुकुवा भएको छ ।
Facebook Comments Box