धनगढी: नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएका हुन्।
बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ।
प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ। जसमा सुदूरपश्चिमस्थित कञ्चनपुरका पनि एकजना प्रहरी रहेका छन्।
उनीहरुले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर नभए सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयको चेतावनी छ।
Facebook Comments Box