धनगढी : बझाङको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतली मेलामा खुलेआम नक्कली नोटको कारोबार भएको भेटिएको छ । छबिसपाथिभेरा गाउँपालिका ३ बान्नी चौरमा लाग्ने मेलामा नक्कली नोट फेला परेका छन् ।
चैतली मेलामा पसल थापेका छबिसपाथिभेरा गाउँपालिका ३ स्थानीय व्यापारी जानकी बोहरा लगायत १२ जनाव्यापारीले व्यापार गरेको पैसा नक्कली भएको भेटिएको प्रहरीले जनाएको छ ।
बैशाख ९ गतेदेखि सुरु भएको चैतली मेलामा रातिभर र १० गते बिहानसम्म व्यापार गरि पसल बन्दपछि शंका लागि पैसा गन्दा ३७ थान १ हजारका नक्कली नोट भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उक्त नक्कली नोट फेला पारी व्यापारीले अस्थायी प्रहरी पोष्ट पाटागाउँलाई बुुझाएका थिए । अहिले उक्त विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए ।
Facebook Comments Box