धनगढी : कुरो बझाङको हो, सबैजना घरदैलोमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचनको भोट माग्दै थिए। कोही मतादातालाई रिझाउन थालेका थिए।
कोही माईकिङ गरेर प्रचार प्रसारमा व्यस्त थिए। नेपाली काँग्रेसका उम्मेवार अभिषेक बहादुर सिंह, जो सवारी दुर्घटनामा निधन भएका बुवा-आमाको वार्षिकीमा समेत रहेका छन्।
उनी पनि सेतो कपडामा सबैलाई मत माग्दै थिए। सडकको छेउमा उम्मेदवार चड्ने गाडी राखिएको थियो। गाडीको अगाडीपट्टी उम्मेदवार सिंहका बुवा स्वर्गीय पृथ्बीबहादुर सिंह र उनकी आमा अमृतादेबी सिंहको फोटोसहितको पम्पलेट टासिसिएको थियो।
त्यहीँ छेउमा उम्मेदवार सिंह मतदाता संग कुरा गर्दै थिए। एक्कासी एउटा परेवा आएर उम्मेवार सिंहको फोटो टाँसिएको पम्पलेटमा बसेर उम्मेदवार अभिशेकलाई चिहाई रहेपछि सबैको ध्यान तानियो।
परेवा कताबाट आएर बस्यो रु भन्ने कसैले पत्तो पाएनन्। मष्टा गाउँपालिका १ डुम्राकोटमा देखिएको एक अप्रत्यासित दृश्य थियो त्यो। डुम्राकोट लगायत त्यस भेगमा कसैले परेवा पालेको पनि थिएन् र कहिल्यै पनि त्यो क्षेत्रमा परेवा देखिएको पनि थिएन्।
सो घटनाले स्थानीय चलमलाए।परेवालाई शान्तीको प्रतिक पनि मानिन्छ। उम्मेवार सिंहलाई चिहाएर बसेको परेवालाई देखेपछि भावुक बनेका सिंहले हात दिन्छन्। परेवा उनको हातमा बसौकी नबसौ भन्ने दुबिधामा रहेको भिडिओमा पनि देखिन्छ। संगै रहेका कार्यकताहरुले उम्मेदवार सिंहका बुवा आमा परेवाको रुप लिएर आएको भन्न थालेपछि उम्मेवार सिंह भावुक बन्छन् र परेवालाई शालिनतापूर्वक बिन्ती गरि नमस्कार गर्छन्।
त्यसपछि उनी गाडीमा चढछन् र उनका आँखाहरु रसाउँछन्। परेवा उडेर फेरि एकाएक विलीन हुन्छ।
यसलाई उनका कार्यकर्ताहरुले भने सिंहको विजयको संकेत मानेका छन्। हिन्दु धर्म अनुसार यात्रामा परेवा देखिनुलाई शुभ संकेत मान्ने प्रचलन छ।
कसरी भएको थियो सवारी दुर्घटना ?
उनका पिता सिंह नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता थिए। ३ पटक नेपाली कांग्रेसको सभापती समेत रहेका सिंह जिल्लामा बसेर गरिव दिनदुखी कार्यकर्ताको काम गर्ने नेताका रुपमा चिनिन्थे।
उनको सो छविकै कारण उनी नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाका विश्वासपात्र समेत थिए। त्यहीँ भएकै कारण २०७४ सालको निर्वाचनमा प्रतिनिधी सभाको टिकट पाएका उनले थोरै मतले पराजित बेर्होनुपरेको थियो। त्यसपछि गएको निर्वाचनमा समेत प्रदेश सभा सदस्यका लागि गठबन्धनबाट साझा उम्मेवार बनेका सिहं विजयी बने।
त्यसपछि उनी २०८० साल जेठ ८ गते सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बने। मन्त्री भई सकेपछि जिल्ला आउनसमेत नपाएका सिंहले असारको पहिलो सातामा जिल्ला जाने चाजोपाजो मिलाए।
सदरमुकाम चैनपुरमा नवनिर्मित सिंहको घरको पुजा तथा प्रतिष्ठा गर्ने, कुल देवताको पुजा गर्ने, मन्त्री भईसकेपछि नेता कार्यकर्ताहरु संग खुशी बाड्ने र मुख्यमन्त्री कमलशाह र परराष्ट्र मन्त्री एनपी साउँदलाई बोलाएर ताक्लाकोट नाकालाई वैधानिक नाका बनाउन हेकिप्टरबाट स्थलगत निरिक्षण गर्ने कार्यक्रमको तय भएको थियो।
सोही कार्यक्रमका लागि असार ४ गते दिउँसो धनगढीबाट कार्यकर्ताका साथ निस्केर बेलुका डडेल्धुराको राईनो होटेलमा बास हुन्छ। असार ५ गते बिहान उग्रतारा मन्दिर र घटाल मन्दिरको दर्शनपछि बझाङको यात्रा हुन्छ। दुई दशकपछि बझाङको क्षेत्र नम्बर १ काग्रेसले जितेको त्यही पनि जिल्लाले मन्त्री पाएपछि सिंहको स्वागतका लागि गाउँ/गाउँबाट कार्यकर्ता तथा शुभचिन्तकहरु सदरमुकाम आउँछन्। सिहंको स्वागतका लागी मालाहरु, खादाहरु तयारी गरिएका थिए।
सरकारी कार्यालयहरुका कार्यलय प्रमुखहरुलाई समेत मन्त्री सिहंले निर्देशन दिने कार्यक्रम समेत थियो। तर ५ गते दिउँसो एकाएक मन्त्री सिहं सवारी दुर्घटना भयो भन्ने खबरले जिल्लामा मात्र नभई देशभर सनसनीपुर्ण खबर आए। सवारी दुर्घटनामा मन्त्रीकी श्रीमती अमृता देबी सिंह र आन्टीको घटनास्थलमा मृत्यु भयो। उनलाई मृत घोषणा गरेपछि जिल्ला नै शोकमा डुब्यो।
तिनै मन्त्री सिंहका जेठा छोरा जो आफ्नो बुवाको मृत्युको साक्षी भएका थिए। आफ्नै आखाले देखेका थिए। उनै अभिशेकलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएर अहिले चुनावमा होमिएका छन्।