धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आकस्मिक बैठक बोलाएकी छन्। भोलि (बुधबार) का लागि उनले पार्टीका संस्थापक केन्द्रिय सदस्यहरुको बैठक बोलाएकी हुन्।
उनले समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक आह्वान गरिएको जानकारी दिएकी छन्।
केही समयदेखि उनको पार्टी नाउपामा संरक्षक एवं उनका पतिसमेत रहेका रेशमलाल चौधरीबीच मतभेद र विवाद चल्दै आएको छ। सरकार, पार्टीको अध्यक्ष लगायतका विषयमा बढ्दै गएको विवाद अहिले सर्वोच्च अदालतमा समेत पुगेको छ।
Facebook Comments Box