काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै भेट्टायो । लखनउका मार्कुस स्टोइन्सले अविजित १ सय २४ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । उसका कप्तान रितुराज गायकवाडले शतक बनाए । उनले अविजित १ सय ८ रन जोडे ।
त्यस्तै शिवम दुवेले ६६ रन बनाए । जितसँगै लखनउको ८ खेलमा १० अङ्क भएको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । समान खेलमा ८ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् । यो खेल वेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।
Facebook Comments Box