काठमाडौं – अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।
९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौँ १ बाट संसदको टिकटको लागि सिफारिस भए पनि विरोधका कारण टिकट भने पाएनन् ।
Facebook Comments Box