काठमाडौं: नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरिएको छ। आज (शुक्रबार) उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका हुन्।
उनीहरूलाई समय नपुग्दै सरुवा गरिएको हो।
जसमा काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ। जो विवादित प्रहरी अधिकारी हुन्
उनीमाथि धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाही भएको थियो।
यस्तै उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन्।
प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ।
कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ।
र, यो पनि: समय नपुग्दै एसएसपी सरुवाको तयारी, कसको सम्भावना कहाँ ?