धनगढी : नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि बझाङले ऐन महरले भ्रम फैलाएको भन्दै विज्ञप्ती जारी गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमा बझाङमा एकिकृत समाजवादीलाई धन्यवाद ! सहमति सहकार्य र एकता ! भन्दै पोस्ट गरेपछि समाजवादीले विज्ञप्ती जारी गरेको हो ।
जिल्ला कमिटि सचिव लक्ष्मीप्रसाद जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । महरले समाजवादी जित सुनिश्चित देखेपछि हडबडाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखीएको स्टाटस झुट्टा र गलत भएको कारण हाम्रो पार्टी खण्डनका साथै घोर भत्र्सना गर्दछौ ।
साथै आफ्ना कार्यकर्ताहरुलाई चुनावी मैदानमा डटिरहन् समेत निर्देशन दिएको छ ।
Facebook Comments Box