धनगढीः बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनअन्तर्गत मतदान जारी छ। बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म हुने बताइएको छ।
मतदान केन्द्रहरूको सुरक्षाको निम्ति नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ। बझाङका २३ वटा मतदान केन्द्र अति संवेदनशील मानिएको छ। साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत् संकलन गरिने जानकारी दिइएको छ। बझाङमा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
Facebook Comments Box