धनगढी : बझाङमा सय बर्ष कटेका दुई जना जेष्ठ नागरिकले उपनिर्वाचनमा मतदान गरेका छन ।
जिल्लाको खप्तड छान्ना गाउँपालिका-३ मेल्तडिकी १०१ बर्षिया वृद्धा शंकमति देबि पाध्याले मतदान गरेकी छिन ।
यस्तै अर्की १०६ वर्षीया महिलाले पनि बिहान मतदान गरेकी थिइन्। सोही ठाउँकी मन्दरि देबि रावलले पनि मतदान गरेकी छन ।
उनीहरुले घरदेखि लौरो टेकेर एक घन्टा पैदल यात्रा गर्दै मतदान केन्द्र आएका थिए । उत्साहका साथ मतदान केन्द्र पुगेका थिए ।
Facebook Comments Box