धनगढी: बझाङमा उपनिर्वाचनका लागि गरिएको मतदान सकिएको छ। आज (शनिबार) बिहानदेखि सुरु भएको मतदान अहिले सकिएको हो।
बझाङ प्रदेश सभा १ काे उपनिर्वाचनकाे मतदान शान्तिपूर्व भएको सुरक्षा निकायको दाबी छ। बझाङ प्रदेश सभा १ अन्तर्गत ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेकोमा सबैमा शान्तिपूर्ण मतदान भएको हो।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ६१ हजार ७ सय ६८ मतदाता रहेकाे बझाङमा ३० हजार ३ सय २८ मत खसेको र साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीयतहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ ल्याउने काम थालिएको छ।
साइपालबाट भने हेलिकप्टरमा मतपेटिका ल्याइने छ त्यसपछि मतगणना सुरु हुने छ। बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
Facebook Comments Box