कैलाली: बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो। बैठकले आचारसंहितामा तयार गर्ने र त्यसलगत्तै मतगणना सुरु गर्ने बताइएको छ।
शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
Facebook Comments Box