बझाङ : बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। अहिले मतपेटिका खोलेर पट्याउने कार्य भईरहेको छ।
योसँगै मतगणना पनि सुरु भएको बताइएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गरिदै छ।
मतगणना अहिले २ समूहमा भैरहेको बताईएको छ। शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
Facebook Comments Box