धनगढी: बझाङको उपचुनावमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको धरौटी जफत भएको छ। उपचुनावअन्तर्गत बझाङ-१ को (क) मा नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको हो।
बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। तीमध्ये २९ हजार ७०४ मत सदर भएको थियो।
यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मतमात्र पाए। सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ।
जहाँ नेकपा एमालेका उम्मेदवार निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ। यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए।
यहाँ प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको थियो। गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए।
र, यो पनि: बझाङमा एमालेका दमनबहादुर विजयी