काठमाडौँ : कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो। सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन्।
‘जाहेरी आएको छ’ धनुषाका एसपी भुवनेश्वर तिवारीले भने–‘हामीले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ।’ सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन्।
Facebook Comments Box