धनगढी: सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने गठबन्धनमा सहमती भएको छ। सोही सहमतीअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ।
आज नाउपाकी प्रदेश सभा सदस्य टीका थापा उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने कार्यक्रम छ।
एकीकृत समाजवादीसहित नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा समाजवादीका दीर्घ सोडारी ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यसपछि नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका थिए भने आज टीकालाई मन्त्री नियुक्त गर्दैछन्।
यस्तै एमाले र माओवादी केन्द्रले पनि सरकारमा जानेबारे छलफल गरिरहेको बताइएको छ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।