धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ (शुक्रबार) विश्वासको मत लिने भएका छन् ।
मंगलबार सत्तारुढ गठबन्धनका दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने दिन तोकेको हो ।
एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य समर्थनमा यही वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेश सरकारमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।
एमाले र माओवादीले भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागिता जनाउने भएका छन् ।
Facebook Comments Box